कर्णाली प्रदेशमा कांग्रेसबाट ४ जना मन्त्री : अर्थमा शाह र उद्याेगमा अधिकारी
नेपाली कांग्रेसले कर्णाली प्रदेशमा मन्त्री हुनेहरूकाे नाम पठाएकाे छ ।
प्रदेश सभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टका अनुसार चार जनालाई मन्त्री तोकेर मुख्यमन्त्री यामलाल कँडेललाई पठाइएको हो ।
उनका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजिवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढाको नाम तोकेर पठाइएको हो।
कांग्रेसले मन्त्रीको नाम लिस्ट मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइसकिएको छ । मुख्यमन्त्री कँडेलले प्रदेश प्रमुखलाई सिफारिस गरी आज दिउँसो २ बजेसम्म शपथ ग्रहण कार्यक्रम हुने बताइएको छ ।
कांग्रेसबाट मन्त्री भएकामध्ये तीन जना संस्थापन पक्षधर हुन् भने सुरेश अधिकारी शेखर कोइराला पक्षधर हुन् ।
प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रवार