२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

सल्यानमा समाजवादीका नेताहरू किन फर्किए एमालेमा ?

सल्यान ।

सल्यानमा एकीकृत समाजवादी पार्टीका केही नेता कार्यकर्ताहरू नेकपा एमाले फर्किएका छन् ।

नेकपा एमाले सल्यानको दोस्रो बैठकको अवसर पारेर सिद्ध कुमाख गाउँपालिकाका जननिर्वाचित पुर्व अध्यक्ष मान बहादुर चलाउने सहित युवा संघ सल्यान सह इन्चार्ज टोपेन्द्र वली (किङजुङ), जिल्ला अध्यक्ष न्यूटन श्रेष्ठ, र समाजवादी सल्यान काठमाडौं सम्पर्क मंचका अध्यक्ष वेद बहादुर भण्डारी सहितका अन्य थुप्रै व्यक्तीहरु नेकपा एमालेमा फर्किएका हुन् ।

समाजवादी पार्टी एमालेबाट छुट्टिएर अलग्गै पार्टी बनेको लामो समयसम्म पनि बिद्रोहको कुनैपनि पुष्टि गर्न नसकेको, पार्टीमा कार्यकर्ताको निराशा भएको, महाधिवेशनमा नयाँ नेतृत्व, नयाँ उर्जा नआएको र समाजवादी पार्टीको भविष्य नदेखिएकाले आफुहरु एमालेमा समाहित भएका नवप्रवेशिहरुले बताएका छन् ।

एकीकृत समाजवादी पार्टीबाट सल्यानमा आफुहरुले पहिलो विद्रोह गरेको र अब अन्य थुप्रै सहपाठीहरु पनि एमालेमा फर्किने उनिहरको भनाइ छ ।

एमालेमा फर्किएका उनिहरुलाई नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह लगायतका जिल्ला कमिटीका नेताहरूले स्वागत गरेका छन् ।

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस