२०८१ चैत्र ४ गते सोमवार | 2025 March 17th Monday

सल्यानमा टेलिभिजन हेर्न गएकी बालिका र माइतीघर गएकी महिलामाथि जबरजस्ती करणी

साउन ८, सल्यान ।

सल्यानका दुइ फरकफरक ठाउँमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाइ पक्राउ गरेकाे छ ।

जिल्लाकाे जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं १ लाई जवरजस्ती करणी गरेको आरोपमा सल्यानमा एक युवक पक्राउ परेका छन् । वडा नं १ बस्ने ३८ वर्षिय तारा बहादुर घर्तीलाई ५ वर्षीया वालिका जवरजस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहारी कार्यालय सल्यानले जनाएको छ ।

गत असार ८ गते दिउँसो साढे २ बजे तिर टेलिभिजन हेर्न आएको बेला पाँच वर्षिय वालिकालाई घरमा कोही नभएको मौका पारेर जवरजस्ती करणी गरेको तारा बहादुर माथि आरोप छ । उनले घरमा कोही नभएको र लाईन गएको मौका छोपी पिडित बालिकालाई जबरजस्ती करणी गरेको र बालिकाको दाजुले बहिनीलाई खोज्दै जाँदा बहिनि रोईरहेको देखेपछी घटना वाहिरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरिक्षक रेशम बहादुर खत्रीले जानकारी दिए ।

वहिनिमाथि भएको घटना बारे पिडित दाजुले आमालाई जानकारी गराए पछि इलाका प्रहरी कार्यालय लुहाम सल्यानमा यही साउन ५ गते जाहेरी दरखास्त परेको र तत्काल प्रहरी परिचालन गरी जवरजस्ती करणीका प्रतिवादीलाई सोही दिन पक्राउ गरिएको प्रहरी निरिक्षक खत्रीको भनाई छ । प्रतिवादीलाई सल्यान जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

यस्तै जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं १ बुरेली स्थित माइतीघर गएकी २३ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत असार ३१ गते राति १२ बजेतिर तीन जना व्यक्तिहरु महिलाको माइतीघरमा जवर्जस्ती प्रवेश गरेर राती सुतिरहेकी महिलालाई घिसार्दै घरवाहिर बार्दलीमा ल्याएर जबरजस्ती करणाी गरेको प्रहरीले जनाएको छ ।.जवरजस्ती करणीको आरोपमा बनगाड कुपिण्डे नगरपालिका १ देवस्थल बस्ने वर्ष २१ को वसन्त बुढा र जाजरकोटको जुनीचाँदे ८ घर भई हाल वनगाड कुपिण्डे नगरपालिकाको देवस्थल बस्ने वर्ष २४ को मान बहादुर रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए ।

उनीहरुले घरभित्र सुतिरहेकी नावालक छोरा सहितकी महिलालाई जवर्जस्ती तान्दै घिसार्दै कोठा वाहिर बार्दलीमा ल्याएर संवेदनशील अंगमा समात्दै जबरजस्ती उद्योग गरेको र प्रतिवादी मध्येको एक जनाले फेरि महिलालाई बार्दलीबाट घिसार्दै ३० फिट पर शौचालय नजिकै लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जवर्जस्ती करणी गरेर फरार रहेका उनीहरुलाई पीडित महिलाले साउन १ गते जाहेरी दिएपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले खोजतलास गर्ने क्रममो सल्लीबजार नजिकबाट पक्राउ गरेको उनको भनाई छ । घटनामा संलग्न अर्का एकजना फरार प्रतिवादीको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस