२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

सल्यानमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

साउन ६, सल्यान ।

सल्यानको बाग्चौर नगरपालिका–४ पेदीखोलामा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् ।

७५ वर्षीया सरस्वती वली, ५६ वर्षीया दिलमाया, ३२ वर्षीया दिलपुजा पुन, ११ वर्षका रेमन्त बुढाथोकी र वर्ष ८ का आचल वली बिरामी भएका हुन् ।

च्याउ खाएपछि उनीहरूलाई वान्ता आउने, पखाला लाग्ने समस्या देखिएको थियो । बिरामी परेका सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । जिल्ला अस्पताल सल्यानमा भर्ना भएका उनीहरू अहिले खतरामुक्त रहेका स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त प्रमुख डा.शरद धितालले बताए ।

जंगली च्याउ विषालु भएकै कारण उनीहरूलाई वान्ता हुने, पखाला लाग्ने समस्या देखिएको उनले जानकारी दिए । जंगली च्याउले ज्यानै लान सक्ने भन्दै उनले नखान सल्लाह दिए ।

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस