२०८१ चैत्र ४ गते सोमवार | 2025 March 17th Monday

सल्यानमा तीन ठाउँमा पहिराे जाँदा दुई राजमार्ग अवरुद्ध

असार २३, सल्यान ।

सल्यानमा फरकफरक तीन ठाउँमा पहिराे जाँदा दुईवटा राजमार्ग अवरुद्ध भएका छन् ।

राप्ती राजमार्ग अन्तरगर्त दाङ र सल्यानकाे सिमाना चाेरखाेला नजिकै पहिराे जाँदा राजमार्ग अवरुद्ध भएकाे छ । यहाँ पानी परिरहेकाेले पहिराे हटाउँदा पनि पहिराे झर्ने क्रम चलिरहेकाे प्रहरी चाैकी कपुरकाेटले जनाएकाे छ । प्रहरीका अनुसार हिजाेदेखि कपुरकाेट क्षेत्रमा राजमार्गमा पहिराे गइरहेकाे र पहिराे हटाउँदै सडक संचालन गर्ने क्रम चलिहरकाे छ ।

त्यस्तै राप्ती राजमार्ग अन्तर्गत सल्यानकाे दार्मा गाउँपालिका ५ स्थित जलेखर्क बजार नजिकै पनि पहिराे जाँदा राजमार्ग अवरुद्ध बनेकाे छ । इलाका प्रहरी कार्यालय सिमखोलीका अनुसार सडककाे छेउकाे भाग बाट पहिराे गएकाेले यहाँ राजमार्ग संचालन गर्न कठिनाइ भैरहेकाे छ । यहाँ अहिले दुइतिर गरेर दुइदर्जन गाडी राेकिएका छन् भने सडक संचालन गर्न डाेजरकाे प्रयाेग गरिएकाे छ ।

यसैगरी दाङ-सुर्खेत राजमार्ग अन्तर्गत कालिमाटी गाउँपालिकाका वडा नं. ३ अस्रेनीमा पहिराे जाँदा राजमार्ग अवरुद्ध भएकाे छ । दाङबाट सल्यान कालिमाटी हुँदै सुर्खेतकाे पुर्वी भाग, सल्यानकाे पश्चिमी भाग, जाजरकाेट तथा डाेल्पासम्म जाने सवारीहरु यहाँ अहिले राेकिएका छन् ।

प्रकाशित मिति : २०८१ असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस