सिद्ध कुमाख गाउँपालिकाकाे बजेट ३१ करोड ७५ लाख

असार ११, सल्यान ।
सिद्ध कुमाख गाउँपालिकाले ३१ करोड ७५ लाख अनुमानित बजेट ल्याएकाे छ ।
साेमबार भएकाे १५ औ गाउँसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम र बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरिएकाे थियाे ।
गाउँसभाका सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष भरत गिरी द्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बार्षिक नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारी सिर्जनालाई पहिलो प्राथमिकतामा राखिएकाे छ ।

उपाध्यक्ष राम बहादुर बस्नेत द्वारा प्रस्तुत बजेट तथा कार्यक्रममा ३१ करोड ७५ लाख ७२ हजार ३ सय २ रुपैयाँ अनुमानित बजेट पेश गरिएकाे थियाे ।
कुल बजेटको ७६.५७ प्रतिशत चालु तर्फ र २३.४३ प्रतिशत पुँजिगत तर्फ बजेट बिनियोजन गरिएको छ ।
साेमबार पेश गरिएको नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम अर्थ सम्वन्धि व्यवस्था गर्न बनेको आर्थिक ऐन, २०८१ मा दफावार छलफल हुनेगरी १५ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न भएको छ ।