२०८१ चैत्र ४ गते सोमवार | 2025 March 17th Monday

बागचौरकाे नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट केहि दिनमा आउने

असार ११, सल्यान ।

सल्यानकाे बागचौर नगरपालिकाकाे नीति तथा कार्यक्रम बहुमतले पारित भएकाे छ । साेमबार भएकाे नगरसभाको १२ औं अधिवेशनले नीति तथा कार्यक्रम ल्याएकाे हाे ।

नगरसभामा नगर प्रमुख जनकराज गौतमले आर्थिक बर्ष २०८१ / ०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कृषि, शिक्षा, स्वास्थ्य र पुर्वाधारलाइ जाेड दिइएकाे छ।

०८४ भित्र बागचाैर नगरपालिकालाइ पुर्ण सरसफाइ युक्त नगरपालिका बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ । विभिन्न दातृ निकायहरु सँग सहयाेग र समन्वयमा बागचाैरमा हुने विकासका कामहरुलाइ अगाडी बढाइने नीति नगरपालिकाले लिएकाे छ ।

साेमबार नीति तथा कार्यक्रम मात्रै आएकाे र केहि दिनमा बजेट ल्याउने बताइएकाे छ ।

प्रकाशित मिति : २०८१ असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस