२०८१ मङ्सिर १९ गते बुधवार | 2024 December 4th Wednesday

अनेरास्ववियु सल्यानको अध्यक्षमा पुन

असार १०, सल्यान

अनेरास्ववियु सल्यानको १७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनबाट बिशाल पुन मगरको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा कृष्ण बगर, सचिवमा शिव देवकोटा र ३ सहसचिवमा यज्ञराज खरेल, गोपाल लामिछाने र हुकुम खत्री रहेका छन । त्यस्तै कोषाध्यक्षमा अस्मिता बस्नेत चयन भएकी छन ।

उद्घाटन कार्यक्रममा केन्द्रित उपाध्यक्ष नारायण घर्ती, केन्द्रीय सचिव तथा प्रदेश ईन्चार्ज संजिव धिताल, निर्वाचन आयोगका अध्यक्ष सत्य शाही, अनुशासन आयोग अध्यक्ष शोभा सापकोटाले शुभकामना दिएका छन ।

त्यस्तै स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख आकास घर्ती, स्थायी कमिटी सदस्य द्वय अमर शाही र रेखा थापा, केन्द्रीय कमिटी सदस्य प्रकाश खड्का, दिनेश गौतम र भिमा डिसी, प्रदेश अध्यक्ष राजेश वली, उपाध्यक्ष विवश भारतीको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्ममा अनेरास्ववियु सल्यानका पुर्व अध्यक्ष एवम् कर्णाली प्रदेशका संस्थापक अध्यक्ष घनश्याम पुन, पुर्व अध्यक्ष प्रेम शर्मा, पार्टीका नेताहरू मनोज सिंह, सुरेन्द्र बुढा, महेश देवकोटा लगायतले शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस