२०८१ कार्तिक २२ गते बिहिवार | 2024 November 7th Thursday

८ वर्षपछि छत्रेश्वरी गाउँपालिकाकाे स्थायी केन्द्र टुंगाे लाग्याे

असार ९, सल्यान ।

स्थानीय तह बनेकाे ८ वर्षपछि सल्यानको छत्रेश्वरी गाउँपालिकाको स्थायी केन्द्र टुंगो लागेको छ । हाल रहेको अस्थायी केन्द्र भोटेचौरलाई सर्वसम्मत रुपमा आइतबार सम्पन्न १६ औँ गाउँसभाले छत्रेश्वरी गाउँपालिकाको स्थायी केन्द्रको रुपमा तोकेको हो ।

प्रथम निर्वाचन नहुँदै स्थानीय तह बनेकाे २०७३ सालमा छत्रेश्वरीका राजनितिक दलहरुले भाेटेचाैरलाइ अस्थायी केन्द्रकाे रुपमा ताेकेका थिए । तर यसमा विवाद हुँदै केहि पक्षले लेखपाेखरामा केन्द्र राख्नुपर्ने माग राखेका थिए ।

०७४ मा जनप्रतिनिधि आइसकेपछि पालिकाकाे स्थायी केन्द्रकाे लागि बहुमत जुट्न सकेकाे थिएन् । केहिले भाेटेचाैरलाइ नै कायम गर्नुपर्ने दाबी गरेका थिए भने केहिले लेखपाेखरालाइ नै बनाउनुपर्ने माग राखेका थिए । जसले गर्दा पालिकाकाे भवन लगायतका संरचनाहरु बन्न सकेका थिएनन् ।

निरन्तरको छलफल र सबै जनप्रतिनिधीहरुको सहमति पश्चात गाउँसभाले सर्वसम्मत रुपमा गाउँपालिकाको स्थायी केन्द्र भोटेचौरलाई तोक्दै आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम र बजेट पनि पारित गरेको हो । नागरिक सक्रियतामा एकताबद्ध, आर्थिक रुपले सक्षम, सुरक्षित र सुशासनयुक्त गाउँपालिकाको रुपमा विकास गर्ने लक्ष्य सहित गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ को नीति, कार्यक्रम र बजेट पेश तथा पारित गरेको छ ।

गाउँसभामा आगामी लागी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले नीति तथा कार्यक्रम पेश गरेका हुन् भने उपाध्यक्ष बुद्ध कुमारी खत्रीले अनुमानित बजेट पेश गरेकी हुन् ।

“दिगो विकास र सुशासनको लहर, छत्रेश्वरी वासीको रहर” को परिकल्पनालाई साकार पार्न स्थानीय तहको अधिकारको उपयोग गर्दै र छत्रेश्वरी गाउँपालिकाको पहिचानलाई अभिवृद्धि गर्दै “म बनाउछु मेरो छत्रेश्वरी” अभियान मार्फत समृद्ध गाउँपालिका निर्माण गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।

आगामी आर्थिक वर्षको लागि गाउँपालिकाले ४९ करोड १७ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको हो । उपाध्यक्ष खत्रीले पेश गरेको बजेटमा चालु तर्फ ३४ करोड ५५ लाख ३५ हजार रुपैयाँ रहेको छ भने पुँजीगत तर्फ १४ करोड ६१ लाख ९३ हजार रुपैयाँ रहेको छ ।

कृषि विकास, पशु सेवा तथा सिंचाई, पर्यटन प्रवद्र्धन तथा कला संस्कृती संरक्षण, खानेपानी, सरसफाइ, शिक्षा, युवा तथा खेलकुद विकास, स्वास्थ्य तथा आयुर्वेद सेवा, पूर्वाधार तथा यातायात, महामारी, विपद व्यवस्थापन तथा वन, वातावरणका क्षेत्रमा काम गर्नेगरी गाउँपालिकाले विभिन्न नीति तथा कार्यक्रम पारित गरेको छ ।

गाउँपालिका अध्यक्ष बुढाथोकीले पेश गरेको नीति तथा कार्यक्रममा लैंगिक समानता, महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण, सहकारी तथा उद्यम विकास र गरिवी निवारण, श्रम तथा रोजगार, राजस्व प्रशासन तथा प्रवद्र्धन, गाउँ प्रहरी, सूचना प्रविधि, सुशासन तथा सेवा प्रवाह, आन्तरिक लेखा परिक्षण तथा जीन्सी व्यवस्थापन र कानुन, न्याय तथा मानव अधिकारको क्षेत्रलाई समावेश गर्दै विभिन्न योजना, क्रियाकलाप तथा अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

धार्मीक तथा पर्यटकीय रुपमा महत्वपूर्ण गन्तव्यको रुपमा रहेको छत्रेश्वरी गाउँपालिकामा पर्यटन क्षेत्रलाई स्थानीय अर्थतन्त्रको आधार स्तम्भका रुपमा विकसित गर्दै पर्यटनको लाभ सर्वसाधारणसम्म पुर्याउने नीति लिइएको छ । गाउँपालिकाका सबै नागरिक समक्ष स्वच्छ र दिगो खानेपानीको व्यवस्थापनका लागि एक घर एक धारा भन्ने मुल नाराका साथ खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रमा उल्लेख्य लक्ष्य हासिल गर्न बैदेशिक दातृनिकाय, संघसंस्था तथा परियोजनाहरुसंगको सहकार्य र साझेदारीलाई बढाउँदै लैजाने छत्रेश्वरीको नीतिमा उल्लेख छ ।

स्थानीय पाठ्यक्रमको पाठ्यपुस्तक छपाई सहित पठनपाठनमा प्रयोगमा ल्याउने, विद्यालय क्षेत्र सुधारका विभिन्न कार्यक्रम सञ्चालन गर्ने, खेलकुदका क्रियाकलापलाई संस्थागत रुपमा सञ्चालन गर्ने, स्वास्थ्य संस्थाहरुको आवश्यकता र औचित्यको आधारमा पुनरावलोकन संगै कायम भएको स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने औषधि, उपकरण, जनशक्ति र सुविधाको प्रवन्ध मिलाउने तथा आयुर्वेद उपचार पद्धतीलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने गाउँपालिकाको नीति रहेको छ ।

पूर्वाधार र यातायात क्षेत्रमा गुणस्तरिय र दिगो विकास गर्ने तथा जताततै सडकको ट्रयाक खोल्दा वातावरणमा नकारात्मक असर पर्ने भएकाले त्यस कार्यलाई निरुत्साहित गर्ने छत्रेश्वरीको आगामी नीति रहेको छ भने गाउँपालिका भित्र सम्भावित विपदको पूर्व जानकारी गराउने तथा उद्धार, राहत, पुनस्र्थापना र विकासका लागि विपद जोखिम न्युनिकरण योजना तयार गरी लागु गर्ने र जनचेतनाका कार्यहरू सञ्चालन गरी नागरिकलाई विपद्का समयमा आफैं जोगिन र सुरक्षित रहन सक्षम बनाइने उल्लेख छ ।

लैंगिक उत्तरदायी तथा अपाङ्गता समाबेशी बजेट व्यवस्थापन गर्ने देखि असहाय, जोखिममा परेका, सामाजिक र पारिवारिक वहिस्कारमा परेका तथा विपन्न वर्गका व्यक्तिहरुलाई न्यूनतम रोजगारमा समावेश्वरीको नीति रहेको छ । विकास निर्माण एवम् सेवा प्रवाहसँग सम्वन्धित गतिविधि तथा क्रियाकलापहरुलाई नागरिक समक्ष तत्काल सम्प्रेषण गर्न सूचना प्रविधिको उपयोग गर्ने, गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउने, भ्रष्ट्राचारमा शून्य सहनशिलता अनुशरण गर्ने तथा गाउँपालिकाले निर्माण गर्ने कानुन, नियम, मापदण्ड, कार्यविधिलाई मिडियामैत्री बनाउने पनि प्रस्तुत नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

न्यायीक समितिको प्रभावकारीतालाई बढाउने, स्थानीय तहमा कानून तर्जुमा र कार्यान्वयन गर्दा मानव अधिकार संरक्षण, सम्वद्र्धन र विकासलाई प्राथमिकता दिने लगाएतका विषयहरुलाई समेटिएको छत्रेश्वरी गाउँपालिकाको नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षको हाल सम्मको प्रगति समिक्षा पनि गरिएको छ ।

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस