बागचौरका शिक्षकहरुलाई पठन सिप विकास तालिम
असार ८,, सल्यान ।
बागचौर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा रुम टु रिड, दलित विकास समाजको प्राविधिक सहयोगमा साक्षरता पठन सिप कार्यक्रम विस्तार ढाँचामा कक्षा – १ का शिक्षकहरुलाई शैक्षणिक तालिम आषाढ ४ देखि ८ सम्म तालिम बागचौरमा सम्पन्न भएको छ ।
कक्षा १ का शिक्षकहरुलाई नेपाली भाषा पठन सिपमा क्षमता विकास गराउने उदेश्यले तालिमको आयोजना गरिएको हो । तालिममा बागचौर नगरपालिकाका १० वटा विद्यालयबाट १० जना भाषा शिक्षकले सहभागि भएका थिए । तालिम बागचौर नगरापालिकाले साक्षरता कार्यक्रम आफ्नो निति तथा कार्यक्रममा समावेश आफ्नै लगानिमा १० वटा बिद्यालयमा सँचालन गर्न लागिएको हो । जसमा रुम टु रिडको प्राविधिक सहयोग गरिरहेको छ । तालिम एकिकृत पाठ्यक्रम १-३ को नेपाली भाषा शिक्षणमा आधारित भई पढाइका तत्वमा, नमुना अभ्यास र नमुना प्रदर्सन, अभ्यास, सिकाइका लागि मुल्यांकन, कक्षा संस्कृति, छापामय सामाग्री निर्माणका विषयवस्तु क्रियाकलाप तथा अभ्यास आधारित गरिएका हुन ।
तालिममा समापन कार्यक्रममा बोल्दै सहभागि शिक्षक हरि ओलीले पठन सिप तालिम प्रारम्भिक तहका बाबुनानिहरुलाई नेपाली शिक्षणका लागि महत्वपुर्ण भएको बताए । साना बाबुनानिहरुलाई म गर्छु, हामि गरौ र तपाईं गर्नुस् जस्ता रणनिति अपनाउने, तालिममा सि केका कुराहरुलाई कक्षामा कार्यान्वयन गर्ने शिक्षा शाखा प्रमुख चित्रा बस्नेतले भनिन् ।
कार्यक्रममा बागचौर नगरापालिका वडा नम्बर ८ वडा अध्यक्ष शुसिलजङ्ग चन्दले बागचौर नगरपालिकामा शैक्षिक सुधारका लागि हामि सबै लागेको बताए ।
समापन कार्यक्रममा बागचौर नगरपालिका शिक्षा शाखामा कार्यरत लक्ष्मिनारायण केसी, तिलक ओली, रुम टु रिड कार्यक्रम अधिकृत बाबुराम पोख्रेल, बागचौर नगरपालिकका रोष्टर प्रशिक्षक पुर्ण डिसि, रेशम ओली, दिपक चौधरी, देवकली बस्नेत, रामरोशनी बस्नेत तथा दलित विकासका साक्षरता सहकर्ता सिता गिरी, गिता गिरी लगायतको सहभागिता रहेको थियो ।
तालिमको सहजिकरण बागचौर नगरपालिका रोष्टर प्रशिक्षक, शिक्षा प्रमुख, दलित विकासका सहजकर्ताले गरेका थिए भने रुम टु रिडका बाबुराम पोख्रेल र तपेन्द्र ओलिले प्राविधिक सहयोग गरेका थिए ।