अनेरास्ववियुले शारदा नगरपालिकालाई बुझायाे ३ बुँदे ध्यानाकर्षण पत्र
जेठ ३०, सल्यान ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सल्यानले शारदा नगरपालिकालाइ ३ बुँदे माग सहितकाे ध्यानाकर्षण पत्र बुझाएकाे छ ।
बुधबार अनेरास्ववियुका कर्णाली प्रदेश अध्यक्ष राजेश वली र सल्यान जिल्ला अध्यक्ष विशाल पुनमगरले शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीलाइ विद्यार्थीहरुका मुद्दा उठाउँदै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
पत्रमा विभिन्न विद्यालयहरुकाे सवारी साधनको सिट क्षमता भन्दा बढी विद्यार्थी बोकेको र सवारी साधनहरुमा विद्यालयको नाम सहितको गाडिमा कलर उपलब्ध नरहेकोले नगरपालिकाले यसको तत्काल अनुगमन गरी नियान्त्रण गर्नुपर्ने माग राखिएकाे छ ।
त्यस्तै शारदा नगरपालिका भित्रका सम्पुर्ण संस्थागत विद्यालयहरुले प्रदान गर्नु पर्ने १० प्रतिशत छात्रवृत्ति नदिएकोले तत्काल नगरपालिकाले सुचि माग गरी सार्वजनिक गर्नुपर्ने भनिएकाे छ ।
त्यसैगरी संस्थागत तथा सामुदायिक विद्यालयहरुले कक्षा कोठाको क्षमता भन्दा बढी विद्यार्थीहरु राखी पढाइरहेकाले यसको अनुगमन गरी नियान्त्रण गर्नुपर्ने पनि अनेरास्ववियुले माग गरेकाे छ ।