मलेसियामा मृत्यु भएका सल्यान कालिमाटीका ओलीकाे परिवारलाई १४ लाख बिमा रकम भुक्तानी
जेठ २६, सल्यान ।
रोजगारको शिलशिलामा मलेसियामा मृत्यु भएका सल्यान कालिमाटी गाउँपालिका वडा नम्बर २ का मेघराज ओलीको परिवारलाइ इ.एम.ई लाइफ इन्स्योरेन्सले मूत्यु दावी भुक्तानी गरेको छ ।
केहि महिना अघि मलेसियामा मृत्यु भएका ओलीको परिवारलाई १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । १ वर्ष अगाडी आइ.एम.ई लाइफ इन्स्योरेन्समा जीवन बीमा गराएका ओलीकाे मृत्यु पश्चात निजको परिवारलाई एक कार्यक्रमका बीच दाबी भुक्तानी दिइएको हो ।
आई एम ई लाईफ इन्स्योरेन्स सल्यान उप-शाखाले मृतकको परिवारलाई कार्यलयमै बोलाई दावी भुक्तानी दिएको हो ।
मृतक बीमितको परिवारलाई आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी तालिम बिभाग प्रमुख सुनिल आचार्य र आई एम ई लाइफ इन्स्योरेन्स लुम्बिनी र कर्णाली प्रदेश प्रमुख प्रेम तिमिल्सिनाले बीमा बाफतको रकम हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा मृत्यु पश्चात पनि परिवार प्रतिको दायित्व निर्वाह गर्ने एक मात्र माध्यम जीवन बीमा रहेको बताए । बिमा बाट प्राप्त रकम बालबालिकाको शिक्षादिक्षा स्वास्थ्य उपचार र परिवारकाे सुनाैलाे भविष्यका लागि लगानी गर्न परिवारलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा बिमाकाे बारेमा जानकारी गराउदै आइएमई लाइफ इन्स्योरेन्स सल्यान उप-शाखा प्रमुख भरत राेकायले बैदेशिक रोजगारी बिमा, जिवन बिमा, म्यादी बिमाको बारेमा जानकारी गराउदै दावि भुक्तानीको सम्पुर्ण प्रकियामा स्थानिय सरकारले खेलेको भुमिका र पहल कदमीको उच्च प्रसंसा गर्दै धन्यवाद ज्ञापन गर्नुको साथै दावि भुक्तानी बाफतको रकम उत्पादन मुलक क्षेत्रमा लगानी गर्न महत्त्वपूर्ण मानिने बताए । साथै ग्रमिण क्षेत्रमा बिमा सचेतना कार्यक्रम अगाडी बढाउनु पर्ने आवश्यकता रहेको र स्थानीय सरकारको समन्वयमा बिमा जागरण कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।