२०८१ जेष्ठ ११ गते शुक्रवार | 2024 May 24th Friday

भागीरथ चलाउनेको ‘घिउ खाएको जिउ’ युटुबकाे ट्रेनिङमा

जेठ १, सल्यान ।

चर्चित लाेकदाेहाेरी गायक गायक भागीरथ चलाउने र शान्ति श्री परियारको स्वरमा ‘घिउ खाएको जिउ’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ ।

गायक चलाउनेकै म्यूजिक रहेको गीतमा लिरिक्स गोपाल रसाइली, म्यूजिक एरेन्ज कृष्ण विक, मिक्सिङ खडक बाजुराली तथा रेकडिस्ट सागर बाजुराली रहेका छन् ।

गीतकाे म्यूजिक भिडियोमा म्यूजिक मिडियोका चर्चित निर्देशक एवम मोडल सुनिल छेत्री र चर्चित मोडल रजनी गुरुङको अभिनय तथा नृत्य रहेको छ ।

मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको म्यूजिक भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका हुन् भने सहायक निर्देशकको भूमिका अभी वाग्ले गरेका हुन् ।

नवराज उप्रेतीले छायांकन गरेको गीतको भिडियो अम्रित चापागाईंले सम्पादन गरेका छन्। साढे ९ मिनटेको म्यूजिक भिडियो गायक चलाउनेकै यूट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

भिडियाे अपलाेड भएकाे ५ दिनमा युटुबकाे ट्रेनिङ नं. २९ मा आएकाे छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस