सल्यानमा फेरि उस्तै खालकाे अर्काे घटना : श्रीमतीकाे हत्या गरेर श्रीमानले गरे आत्महत्या

जेठ १, सल्यान ।
सल्यानको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३१ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि रानाले आत्महत्या गरेका छन् ।
सुत्ने कोठामा श्रीमतीको हत्या गरी घरदेखि नजिकै रहेको रुखमा झुन्डिएर रानाले आत्हत्या गरेको सल्यानका प्रहरी प्रमुख डीएसपी नवीन कार्कीले बताए ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राना दम्पतीका ४ छोराछोरी रहेको प्रहरीले जानकारी दिएको छ ।
आइतबार मात्रै बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा पनि यस्तै खालकाे घटना घटेकाे थियाे ।
प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार