भवन उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज सल्यानको दार्मा आउने, पालिकाले दियो सार्वजनिक विदा

बैशाख २८, सल्यान ।
दार्मा गाउँपालिकाको भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज फारुला आउने भएका छन् ।
दार्मा गाउँपालिकाको वडा नं. ३ फारुला चौरमा निर्मित नयाँ प्रशासनिक भवन उद्घाटन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड बिहान १० बजे हेलिकप्टरमार्फत फारुला सल्यान आउने तयारी छ । भवन उद्घाटन गर्न प्रधानमन्त्री आउने भएपछि दार्मा गाउँपालिकाले पालिका भित्र आज सार्वजनिक विदा समेत दिएको छ
कुल ७ करोड ८ लाख ५२ हजार बढीको बजेटमा नयाँ प्रशासनिक भवन धुलिखेल निर्माण कम्पनीले ४ करोड ६५ लाख ७ हजार ८४३ रुपैयाँमा टेन्डरमा निर्माण गर्ने जिम्मा लिएको थियो ।
२०७८ असार २५ गते निर्माण सुरू भई यही वैशाख १० गते नयाँ प्रशासनिक भवन निर्माणको काम पूरा भएको हो । साढे २ तले भवनमा २४ कोठा छन् ।
प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार