२०८१ मङ्सिर १९ गते बुधवार | 2024 December 4th Wednesday

सल्यान अस्पताल वर्षेनी आगलागीकाे जाेखिममा

बैशाख १८, सल्यान ।

जिल्ला अस्पताल सल्यानकाे वरिपरिकाे जंगलमा आगलागी हुँदा अस्पताल जाेखिममा परेकाे छ । जिल्लाको खलंगा क्षेत्रको चन्द्रपाला वनबाट सल्किएकाे आगाे यतिबेला जिल्ला अस्पताल वरिपरिकाे जंगलमा फैलिएकाे छ ।

आज जिल्लाकाे सदरमुकाम खलंगा आसपासकाे क्षेत्रमा फैलिएकाे आगाे दिनभर नै वन कार्यालयका कर्मचारी, सुरक्षा निकाय, जनप्रतिनिधि, स्थानिय लगाएत आगलागी नियन्त्रणमा सक्रिय भएपनि आगाे नियन्त्रणमा आउन सकेन् । जसले गर्दा अहिले अस्पताल आसपासमा भिषण रुपमा आगलागी भैरहेकाे छ ।

यसरी आगलागीकाे कारण जिल्ला अस्पताल सल्यान वर्षेनी जाेखिममा रहने गर्दछ । अस्पताल वरिपरि पुरै सल्लाकाे मात्रै वन रहेकाेले यहाँ आगलागी ठुलाे मात्रामा फैलिने गर्दछ । ‘यतिबेला अस्पताल क्षेत्र आगलागीकाे त्रासमा छ । वरिपरि आगाे फैलिदा अस्पताल परिसर भित्र कर्मचारी र सेवाग्राही बस्न पनि त्रासपुर्ण वातावरण छ’, जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले लेकाली अनलाइनसँग भने ।

अस्पतालमा आगाे नफैलियाेस् भनेर दिनभर अस्पताल वरपरकाे सुख्खा काठ र सल्लाकाे कुसम सफा गरिएकाे उनले बताए ।

सल्यान अस्पताललाइ आगलागीकाे जाेखिमबाट हटाउन वरिपरि ठुलाे वाल लगाउने अथवा वरिपरिका सल्लाका रुखहरू काट्ने मात्रै विकल्प रहेकाे उनले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस