२०८१ जेष्ठ ११ गते शुक्रवार | 2024 May 24th Friday

थारमारे दुर्घटना अवडेट : २२ जना घाइते, ९ जनालाई रिफर, ४ काे अवस्था गम्भीर

बैशाख ५, सल्यान ।

सल्यानकाे थारमारेमा बुधबार भएकाे बस दुर्घटनामा परी २२ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय थारमारेका अनुसार दुर्घटनामा परि घाइते भएका २२ जना मध्ये ४ जनालाइ नेपालगन्ज र ५ जनालाइ दाङमा उपचारका लागि रिफर गरिएकाे छ भने बाँकीकाे बागचाैरमै उपचार भइरहेकाे छ ।

घाइतेहुनेमा ४ जना गम्भीर रहेका छन् । दाङ तुल्सिपुर उ.म.न.पा. ४ बस्ने गाडी साहु बर्ष ४६ का बिष्णु बि.क., तुल्सिपुर उ.म.न.पा १० बिजौरी बस्ने बर्ष २९ का कृष्ण चौधरी, दाङ नारायणपुरका बर्ष ३६ कि दिल कुमारी गोतामे, रुकुम पश्चिम त्रिबेणी गा.पा. २ बस्ने बर्ष २२ कि चित्रा पुन गम्भीर घाइते भएकाे इलाका प्रहरी कार्यालय थारमारेले जनाएकाे छ ।

गम्भीर घाइते विक र पुनलाइ बागचाैरमा सामान्य उपचारपछि नर्सिंङहोम नेपालगन्ज रिफर गरिएकाे प्रहरीले जनाएकाे छ । त्यस्तै चाैधरी र गाेतामेलाइ थप उपचारका लागि सिटी अस्पताल तुलसीपुरमा रिफर गरिएकाे छ ।

अन्य घाइते हुनेहरूमा रुकुम चौरजहारी न.पा. २ बस्ने बर्ष १६ कि पुष्पा चन्द, रुकुम पश्चिम त्रिबेणी गा.पा. २ बस्ने बर्ष ६ का रेशम मगर, रुकुम चौरजहारी न.पा. ९ बस्ने बर्ष १७ का उमेश मल्ल, रुकुम सिस्ने गा.पा. ६ बस्ने बर्ष ११ कि अरुणा गौतम, रुकुम बाफीकोट गा.पा. १ बस्ने बर्ष १४ का निश्चल हमाल, त्रिबेणी गा.पा. ६ बस्ने बर्ष ३३ को बसन्त जंग क्षेत्री रहेका छन् ।

यस्तै सल्यान शारदा न.पा. ५ बस्ने बर्ष १९ कि सपना भण्डारी, बागचौर न.पा. १ गौरिबेत बस्ने बर्ष ५० कि भुमा बस्नेत, शारदा न.पा. १५ बस्ने बर्ष २३ कि योगमाया बस्नेत, बागचौर न.पा. २ बर्ष २ कि ललिता बस्नेत, साेहि बस्ने बर्ष २५ का शुरेन्द्र बस्नेत, छत्रेश्वरी १ दमाचौर बस्ने बर्ष ३१ को बिरेन्द्र चन्द, सिद्ध कुमाख गा.पा. १ बस्ने बर्ष १७ का बिर बहादुर बस्नेत रहेकाे इप्रका थारमारेले जनाएकाे छ ।

यसैगरी दाङ रक्षाचौर बस्ने बर्ष २६ कि खिमा बि.क., चालक तुल्सिपुर उ.म.न.पा. ६ बस्ने बर्ष ३४ का पुर्ण शम्सेर जबरा, तुलसीपुर ७ परसेनि बस्ने बर्ष ४९ का ठगि बुढा, साेहि ठाउँ बस्ने बर्ष ४७ कि कुम्भ कुमारी बुढा रहेका छन् ।

रोल्पा रुन्टीगढी गा.पा. ५ बस्ने बर्ष २५ का रञ्जित बि.क. पनि घाइते भएका छन् । उनिहरुकाे अवस्था सामान्य रहेकाे छ

घाइतेहरु मध्ये ४ जनालाइ नेपालगन्ज, ५ जनालाइ दाङ रिफर गरिएकाे र अरुकाे बागचाैरका विभिन्न पाेलिक्लिनिकहरुमा उपचार भैरहेकाे प्रहरीले जनाएकाे छ ।

दाङ घोराही बाट रुकुम पुर्ब तर्फ जाँदै तुल्सिपुर यातायात प्रा.लि. को रा १ ख २०८५ नं. को बस बुधबार बिहान पाैने ११ बजेतिर थारमारे नजिकै

बुधबार दाङको घोराहीबाट रुकुमतर्फ जादै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबहाक बस बिहान करिब ११ बजेतिर बागचौर नगरपालिका २ थारमारे नजिकै राप्ती राजमार्ग अन्तर्गत ठिनबाङ खोलाको पुलमा दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस