दाङबाट रुकुम तर्फ जाँदै गरेको यात्रुबाहक बस सल्यानको थारमारेमा दुर्घटना

बैशाख ५, सल्यान ।
दाङको घोराहीबाट रुकुमतर्फ जादै गरेको यात्रुबाहक बस सल्यानको थारमारेमा दुर्घटना भएको छ ।
बुधबार दाङको घोराहीबाट रुकुमतर्फ जादै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबहाक बिहान करिब ११ बजेतिर बागचौर नगरपालिका २ थारमारे नजिकै राप्ती राजमार्ग अन्तर्गत ठिनबाङ खोलाको पुलमा दुर्घटना भएको हो ।
दुर्घटना परि करिब आधा दर्जनभन्दा बढी यात्रु घाइते भएको र दुईजना गम्भीर रहेको घटनास्थलमा रहेका नेपाल पत्रकार महासंघ सल्यानका सचिव दिपशागर भण्डारीले बताए ।
अहिले घाइतेहरुलाई उद्दार गरेर बागचौर तर्फ उपचारका लागि पठाइएको छ । बस पुलबाट तल खोलामा खसेको छ ।
प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार