२०८१ जेष्ठ ११ गते शुक्रवार | 2024 May 24th Friday

कांग्रेस सल्यानका सभापतिकाे टाउकाेमा पुर्वाधारका हाकिमले हाने ‘बेयरकाे बाेतल’

कसरी भएकाे थियाे घटना ?

नेपाली कांग्रेस सल्यानका सभापति केश बहादुर विष्टमाथी पुर्वाधार विकास कार्यालय सल्यानका प्रमुख हरि बहादुर वलीले बेयरकाे बाेतल प्रहार गरी घाइते बनाएका छन् ।

चैत २९ गते सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका स्थित बालुवासंग्रहीमा विष्टमाथी वलीले बेयरकाे बाेतलले प्रहार गरी घाइते बनाएका हुन् । बेयरकाे बाेतल प्रहारपछि विष्टकाे टाउकाेमा चाेट लागेकाे छ भने उनकाे यतिबेला काठमाडाैंमा उपचार भैरहेकाे छ ।

कसरी भएकाे थियाे घटना ?

घटना चैत २९ गते राती ९ बजेतिर बालुवासंग्रहीकाे कृष्ण हाेटेलमा घटेकाे हाे । सुर्खेतबाट सल्यानतर्फ सभापति विष्ट र सल्यान प्रदेश सभा (ख) का सांसद सुरेश अधिकारी आउँदै थिए भने बनगाड कुपिण्डे क्षेत्रमा रहेका थिए पुर्वाधार विकास कार्यालय सल्यानका प्रमुख हरि बहादुर वली । उनि सँगै खानेपानी सिंचाई कार्यालय सल्यानका कार्यालय प्रमुख ज्वाला शाही पनि थिए ।

चार जना बेलुका बालुवासंग्रहीमा भेट भएपछि उनिहरु कृष्ण हाेटेलमा खानपिनमा जुटे । खानेक्रममा सभापति विष्ट र पुर्वाधारका हाकिम वलीबीच ओहाेराेदाेहाेर भनाभन हुन थाल्याे ।

सभापति विष्टले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘कर्मचारीकाे समुह कुपिण्डे दहमा पिकनिक गरेर बालुवा संग्रही कृष्ण हाेटेलमा बसेकाे रहेछन् । हामी पनि ९ बजेतिर त्यही खाना खाँदै गर्दा याे घटना हुन पुग्याे । मेराे टाउकाेमा बियरकाे बाेतलले हानेकाे र हरि वलीले बाँया हात अंगभंग हुने गरी टेाकेर घाईते बनाएकाे अवस्था हाे ।’

उता पुर्वाधारका प्रमुख वलीले भने आफ्नाे प्रतिरक्षाकाे लागि विष्टमाथी बाेयरकाे बाेतलले हानेकाे बताएका छन् । लेकाली अनलाइनसँग कुरा गर्दै उनले भने, ‘हामी चारजना सँगै खाइरहेका थियाैं । खादै जाँदा केश बहादुर जि ले मलाइ अपमानित हुनेगरी म पार्टी सभापति जस्ताे मान्छेलाइ नटेर्ने, हामीलाइ वास्ता नगर्ने भन्दै तल्लाे लेवलमा झरेर गाली गर्नुभयाे । दुवैकाे ओहाेराेदाेहाेर भनाभन हुँदै जाँदा पहिला उहाँले हान्नुभयाे र मैले छले, त्यसपछि मैले बेयरकाे बाेतल उठाएर हानेकाे हुँ ।’

दुवैबीच हात हालाहाल हुँदा विष्टले वलीकाे मुखमा बाँया हातकाे औंला हालेकाे र वलीले औंला टाेकेकाे बताए । घटनापछि विष्टलाइ तत्कालै उपचारका लागि सल्ली बजार लगिएकाे थियाे । सल्लीबजार पछि सुर्खेतमा लगेर सुर्खेतबाट काठमाडाैं लगिएकाे हाे ।

विष्टले फेसबुकमा लेखेका छन्, ‘माननीय सुरेश अधिकारी ज्यू र खानेपानी सिंचाई कार्यालयका ज्वाला शाहीबाट पब्लिक रुपमा याे बिषय सार्वजनिक गरी सत्य तथ्य जानकारी गराईदिनुहुन् हार्दिक अपिल गर्दछु । सम्बन्धि निकायबाट उचित कानूनी कारवाहीका लागि बिनम्रता पूर्बक अनुरेाध गर्दछु।’

यता प्रदेश सांसद अधिकारी र खानेपानी सिंचाई कार्यालय सल्यानका प्रमुख शाहीले कुनै प्रतिकृया दिएनन् । कृष्ण हाेटलका संचालक कृष्ण वलीले पनि चार जना व्यक्तिहरु हाेटल भित्र खानपिन गरिरहेकाे बेला भनाभन हुँदै झगडा परेकाे र त्यस बाहेक आफुलाइ अरु थप केहि थाहा नभएकाे भन्दै बाेल्न मानेन् ।

कांग्रेस सल्यानका उपसभापति सन्ताेष केसीले दाेषिमाथी कडा कारबाही हुनुपर्ने माग गरेका छन् । लेकाली अनलाइनसँग कुरा गर्दै उनले भने, ‘उमेरले पार्टी सभापति बुबा सम्मानकाे मान्छे हुनुहुन्छ । पुर्वाधारकाे हाकिम छाेरा सरहकाे हुनुहुन्छ । त्यसरी टाउकाेमै हान्नु भनेकाे सांघातिक आक्रमन हाे, म दाेषीमाथि कानुनी कारबाहीकाे माग गर्दछु ।’

जिल्ला प्रहारी कार्यालय सल्यानका प्रमुख डिएसपी नविन कार्कीका अनुसार सभापति विष्टले प्रहरीमा जाहेरी दिएकाे र अहिले घटनाबारे थप अनुसन्धान गर्न लागेकाे बताए ।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया दिनुहोस