२०८१ जेष्ठ ११ गते शुक्रवार | 2024 May 24th Friday

विजय रानाले शारदा नदिमा गरे पानी जहाजकाे परिक्षण, बैशाख १ गते उद्घाटन्

सल्यान खलंगाका विजय रानाले शारदा नदिमा पानी जहाजकाे परिक्षण गरेका छन् ।

सानै उमेरदेखि विभिन्न उपकरणहरुकाे अनुसन्धान तथा आविस्कार गर्दै आएका रानाले यसपटक शारदा नदिमा पानी जहाजकाे परिक्षण गरेका हुन् । साेमबार श्रीनगर टाउनप्लानिङ स्थित बैकुण्ठ धाम नजिक शारदा नदिकाे पानीमा पानीजहाज परिक्षण गरिएकाे हाे ।

रानाले दुइहप्ताकाे समय लगाएर आफैले पानी जहाजकाे निर्माण गरेका थिए । चालक सहित ९ सिटकाे रहेकाे पानी जहाजकाे क्षमता ६ सय ७५ केजी रहेकाे रानाले बताए । पानी जहाज इन्जिनबाट चल्ले छ ।

शारदा नदिमा पानीकाे सतह सानाे आकारकाे भएकाेले बैकुण्ठ धाम आसपासकाे क्षेत्रमा नदिकाे केहिभागलाइ थुनेर तालकाे आकार जस्ताे बनाउन लागिएकाे उनले बताए । त्यसका लागि शारदा नगरपालिकाले डाेजर लगाएर नदिकाे आकार बढाउने रानाकाे भनाइ छ ।

नयाँ वर्षकाे अवसर पारेर बैशाख १ गते शारदा नदिमा पानी जहाजकाे उद्घाटन गरिने उनले बताए । आज गरिएकाे परिक्षण सफल भएकाे उनकाे भनाइ छ ।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस