२०८१ जेष्ठ ११ गते शुक्रवार | 2024 May 24th Friday

आजदेखि राप्ती राजमार्गकाे कपुरकाेट-राम्री सडकखण्ड दैनिक ७ घण्टा बन्द

चैत २६, सल्यान ।

राप्ती लोकमार्ग अन्तर्गत कपुरकोट-राम्राी सडकखण्ड आज साेमबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । राम्री देखि कपुरकाेट सडकखण्डको सडक स्तरोन्नती कार्यका लागि ब्याक कटिङ गर्न भन्दै दैनिक सात घण्टा बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार चैत २६ गतेदेखि २०८० वैशाख १६ गतेसम्म दिउँसो १२ बजेदेखि बेलुका ४ बजेसम्म र राती ९ बजेदेखि राती १२ बजेसम्म सडक बन्द हुने भएको छ ।

साना सवारी साधनका लागि पैयाखोरिया, साताबास किमुचौर हुदै कपुरकोट सडकको व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस