दमाचाैर महाेत्सवकाे उद्घाटन, साेमबार कुलेन्द्र विश्वकर्मा आउने
चैत २५, सल्यान ।
सल्यानको दमाचौरमा बृहत कृषि, पर्यटन, संस्कृतिक तथा व्यापारी महोत्सवकाे आइतबार उद्घाटन गरिएकाे छ ।
छत्रेश्वरी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा काँग्रेस सल्यानका उपसभापति सन्ताेष केसीले महाेत्सवकाे उद्घाटन गरेका हुन् । महाेत्सवकाे उद्घाटन गर्दै उपसभापति केसीले दमाचाैर जस्ताे ग्रामिण वस्तीमा युवाहरुले महाेत्सव आँट गरेर लगाउनु स्वागतयाेग्य कार्य भएकाे बताए ।
‘दमाचाैरमा राष्ट्रिय स्तरका कलाकारहरु बाेलाएर दमाचाैरलाइ परिचित बनाउने कार्य एकदमै राम्राे छ ।’, उनले भने, ‘पछिल्ला वर्षयता सल्यानका मुख्य व्यापारी केन्द्र श्रीनगर र थारमारेमा मात्रै महाेत्सव केन्द्रित भैरहेकाे बेला दमाचाैर जस्ताे ग्रामिण ठाउँमा महाेत्सव लगाउने कार्य यस क्षत्रकाे लागि स्वागतयाेग्य छ ।’
छत्रेश्वरी १ का वडा अध्यक्ष तथा कार्यक्रमका संयाेजक प्रकाश हमालकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष प्रेम पहाडी, वडा सदस्यहरु, राजनीतिक दलका नेताहरु, वुद्धिजिवी, पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियाे । महोत्सवका सहसंयोजक सुरेन्द्र चन्दकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे संचालन सान्ताराम सेन्चुरीले गरेका थिए ।
उद्घाटन कार्यक्रममा विभिन्न स्थानीय माैलिक झाँकि सहितका नाचगानहरु प्रस्तुत गरिएकाे थियाे । “पर्यटन, खेलकुद तथा संस्कृति दमाचौरको सान, मौलिक कला संस्कृति संरक्षण हाम्रो अभियान” भन्ने नारासहित उद्घाटन गरिएकाे महाेत्सव बैशाख ६ गतेसम्म महोत्सव संचालन हुने भएको छ ।
भाेली साेमबार चर्चित गायक कुलेन्द्र विश्वकर्मकाे प्रस्तुती रहने आयाेजकले जनाएकाे छ । महोत्सव भित्र झण्डै ८० वटा व्यापारिक स्टल समेत निर्माण गरिएकाे छ ।