२०८१ बैशाख २० गते बिहिवार | 2024 May 2nd Thursday

सल्यानको दमाचौरमा वृहत् महोत्सव संचालन हुँदै

चैत २४, सल्यान ।

सल्यानको दमाचौरमा बृहत कृषि, पर्यटन, संस्कृतिक तथा व्यापारी महोत्सव संचालन हुने भएको छ ।

“पर्यटन, खेलकुद तथा संस्कृति दमाचौरको सान, मौलिक कला संस्कृति संरक्षण हाम्रो अभियान” भन्ने नारासहित चैत २५ देखि बैशाख ६ गतेसम्म महोत्सव संचालन हुने भएको छ ।

महोत्सवमा देशका ख्यातिप्राप्त तथा स्थानीय कलाकाहरुको प्रस्तुति रहने महोत्सवका संयोजक तथा छत्रेश्वरी गाउँपालिका १ का वडाध्यक्ष प्रकाश हमालले बताए । उनका अनुसार महोत्सव भित्र ८० वटा व्यापारिक स्टल समेत रहेका छन् ।

दमाचौरमा धेरै वर्ष पछि महोत्सव संचालन हुन लागेकाले धेरैले महोत्सव अवलोकन गर्ने महोत्सवका सहसंयोजक सुरेन्द्र चन्दले बताए ।

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस