२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

एमाले सल्यानमा संस्थापन समुह विजयी

चैत २२, सल्यान ।

नेकपा एमाले सल्यानको १० औं जिल्ला अधिवेशनमा पदाधिकारीकाे सम्पुर्ण टिममा संंस्थापन समुह निर्वाचित बनेकाे छ । केहिबेर अगाडी सकिएकाे मत परिनामअनुसार अध्यक्षमा भिम बहादुर सेन १८२ मत ल्याएर विजयी बनेका छन् । उनका प्रतिद्वन्दी कुल बहादुर गिरीले १३९ मत ल्याएर पराजित हुन पुगेका छन् ।

त्यस्तै उपाध्यक्षमा ओज बहादुर बुढाथाेकीले १९३ मत ल्याएर निर्वाचित बनेका छन् । उनका प्रतिद्वन्दी दान बहादुर केसीले १२७ मत ल्याएर पराजित हुन पुगे ।

सचिवमा पुष्पा कुमारी बाेहाेराले १७३ मत ल्याएर विजयी बनेकी छन् भने प्रतिद्वन्दी दिपेन्द्र प्रकाश डिसीले १४३ मत ल्याएर पराजित बनेका छन् ।

खुल्ला उपसचिवमा गणेशमान सिंह १८० मत र महिला उपसचिवमा सनसिल्ता वली डिसीले १८० मत ल्याएर निर्वाचित भएका छन् । उपसचिवका उम्मेदवार गञ्जमान बुढाले ११३ महेश देवकाेटाले १४ र बुद्धा कुमारी खत्रीले १४१ मत ल्याएर पराजित हुन पुगेका छन् ।

सदस्यहरुकाे मतगनणा भने सकिएकाे छैन् । आज बिहान ११ बजेदेखि सुरु भएकाे मतदान दिउँसाे ४ बजे सकिएकाे थियाे । कुल ३५२ मत रहेकाेमा ३३८ मत खसेकाे थियाे ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस