२०८१ बैशाख ९ गते आइतवार | 2024 April 21st Sunday

एमाले सल्यानमा २ समुहबीच प्रतिस्पर्धा

चैत २१, सल्यान ।

नेकपा एमाले सल्यानको १० औं जिल्ला अधिवेशनकाे नयाँ नेतृत्वका लागि २ वटा समुहले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेकाे एमाले सल्यानकाे संस्थापनपक्ष र संस्थापनइतर समुहबीच चुनावका लागि प्रतिस्पर्धा हुँदैछ ।

संस्थापनपक्षबाट अध्यक्षमा भिम बहादुर सेन, उपाध्यक्षमा ओज बहादुर बुढाथाेकी, सचिवमा पुष्पा बाेहरा, उपसचिवमा गणेशमान सिंह र सनसिल्ता वली डिसीले उम्मेदवारी दर्ता गराएका छन् । याे समुह जिल्लाकाे संस्थापन पक्षधर समुह हाे । याे समुहलाइ प्रदेश अध्यक्ष गुलावजंग शाहले लिड गरेका छन् ।

त्यस्तै संस्थापनइतर समुहबाट अध्यक्षमा कुल बहादुर गिरी, उपाध्यक्षमा दान बहादुर केसी, सचिवमा दिपेन्द्र प्रकाश डिसी, उपसचिवमा गञ्जमान बुढा र बुद्धा कुमारी खत्रीले उम्मेदवारी दर्ता गराएका छन् । याे समुह जिल्लाकाे संस्थापनइतर समुह हाे । याे समुह केन्द्रमा केपी शर्मा ओलीसँग निकट रहेकाे छ ।

दुवै समुहमा नपरेका महेश देवकाेटाले भने उपसचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।

स्वतन्त्र टिमका महेश देवकाेटा

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस