२०८१ बैशाख ९ गते आइतवार | 2024 April 21st Sunday

सल्यानमा दुई मोटरसाइकल ठोकिदा ३ जना घाइते

चैत २१, सल्यान ।

सल्यानमा दुई मोटरसाइकल एकआपसमा ठोकिदा तीन जना घाइते भएका छन् । खलंगा-श्रीनगर सडकखण्ड अन्तर्गत शारदा नगरपालिका २ हस्पिटल मोडमा श्रीनगरबाट खलंगातर्फ जाँदै गरेकाे रा ७ प १४८२ नम्बरको मोटरसाइलकल र खलंगाबाट श्रीनगरतर्फ जाँदै गरेकाे रा ५ प २५५३ नम्बरको मोटरसाइलकल एक आपसमा ठोकिएका हुन ।

दुर्घटनाबाट सल्यान शारदा नगरपालिका २ का २४ वर्षीय मनिष श्रेष्ठ, बागचौर नगरपालिका ३ का १९ वर्षीय उज्वल भण्डारी र भण्डारीको मोटरसाइकलको पछाडी सवार शारदा नगरपालिका १५ का १६ वर्षीय रुपेश भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइतेहरुको सामान्य उपचार पश्चात थप उपचारका लागि तीनै जनालाई मेडिकल कलेज कोलहपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिए । दुवै मोटरसाइकल नियन्त्रणमा लिएको उनको भनाई छ ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस