चर्काे नाराबाजीपछि स्थगित भएकाे एमाले सल्यानकाे बन्दसत्र अहिलेसम्म सुचारु भएन्
चैत २०, सल्यान ।
नेकपा एमाले सल्यानको दशौं जिल्ला अधिबेशनको बन्द सत्रमा बिधान बिपरितको कार्य गर्न लागिएको भन्दै कार्यकर्ताले चर्को नाराबाजी गरेपछि हिजाे बिहानदेखि स्थगित भएकाे बैठक अहिलेसम्म सुचारु हुन सकेकाे छैन् ।
हिजाे बिहानैबाट बन्द सत्र सुरु भएकोमा पार्टीकाे विधान विपरित बैठक हलमा प्रस्ताव आएकाे भन्दै कार्यकर्ताले चर्काे नाराबाजी गरेपछि हिजाे बिहान केहिबेर बैठक चलेर स्थगित गरिएकाे थियाे ।
पार्टीको बिधान बिपरित एमाले पोलिटब्युरो सदस्य तथा सल्यान जिल्ला इन्चार्ज भैरव सुन्दर श्रेष्ठ र प्रदेश कमिटी अध्यक्ष गुलाब जंग शाहको निर्देशनमा पार्टीको बिधान विपरित पार्टीको जिल्ला कमिटी सचिब पदमा महिला मात्रै हुनुपर्ने गरि हलमा प्रस्ताव ल्याएपछि नाराबाजी भएको हो ।
सचिव पदमा थुप्रै क्षमतावान मान्छे हुँदाहुँदै पनि जिल्लाका माथिल्लो तहका नेताहरुको आन्तरिक स्वार्थका कारण महिलालाई सचिव पदमा अनिवार्य राखेर विधान कुल्चिन लागेको पार्टी कार्यकर्ताहरु बताउँछन् ।
स्रोतका अनुसार जिल्ला इन्चार्ज भैरव सुन्दर श्रेष्ठ र प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाहले आफु निकटका एकजना महिला नेतृलाई सचिवमा सर्बसम्मत गर्न खोजेपछि नारावाजी भएको हो । अहिले एमाले सल्यानमा संस्थापनपक्ष र संस्थापनइतर गरी दुई धारा देखिएका छन् ।
संस्थापनइतर समुहबाट अध्यक्षमा कुल बहादुर गिरी, उपाध्यक्षमा दान बहादुर केसी, सचिवमा दिपेन्द्र प्रकाश डिसी लगायतले तयारी गरेपछि उनिहरुलाइ राेख्ने मुडसहित सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै जिल्ला इन्चार्ज श्रेष्ठ र प्रदेश अध्यक्ष जाेडबलले लागिरहेका छन् ।
अहिले संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच छलफल चलिरहेकाे श्राेतले लेकाली अनलाइनलाइ बतायाे । सल्यानमा संस्थापनपक्ष समुहकाे लिड गुलावजंग शाह, गाेविन्द पुन लगायत नेताहरुले गरिरहेका छन् भने उनि शंकर पाेखरेल समुहमा छन् ।
त्यस्तै संस्थापनइतर समुहकाे लिड कुल बहादुर गिरी, दान बहादुर केसी लगायतका नेताहरुले गरेका छन् । उनिहरु विष्णु पाैडेलकाे समहुमा छन् ।