२०८१ माघ ६ गते आइतवार | 2025 January 19th Sunday

एमाले कसैको बैशाखी बोकेर हिड्दैन्, ८४ को चुनावमा एक्लै लड्छ : उपाध्यक्ष ज्ञवाली

चैत १८, सल्यान ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले २०८४ को चुनावमा नेकपा एमाले एक्लै लड्ने बताएका छन् । आइतबार नेकपा एमाले सल्यानको १० औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उपाध्यक्ष ज्ञवालीले एमाले कसैको बैशाखी बोकेर नहिड्ने बताए ।
‘अहिले कम्युनिस्ट पार्टी विचको सत्ता समिकरण छ, यो हाम्रो चाहाना मात्रै होइन्, देशको आवश्यकता पनि हो, अहिले समिकरणमा रहेका दलहरु पनि भोलीका दिनमा को कता जान्छ, त्यसको कुनै ग्यारेन्टि नै छैन्’ उनले भने ‘एमाले कसैको बैशाखी बोकेर हिड्दैन्, चुनावमा एक्लै लड्छ ।’

आउँदो चुनावमा एमालेले बहुमत प्राप्त गर्ने उनको दावी छ । ‘हामी चुनावमा पराजित हुन्छौँ कि भनेर प्रचण्ड वा नेपालको पछाडी लाग्दैनौं”, उनले भने । अहिले पनि पाँच दल एकै ठाउँमा उभिएर चुनाव लड्दा समेत एमाले एक्लैले काँग्रेसको भन्दा एक लाख बढी मत पाएको उनलेे बताए ।

उपाध्यक्ष ज्ञवालीले पार्टीले थप सफलता प्राप्त गर्न अझै बाँकी रहेको बताए । ‘असल नेतृत्वले नै पार्टी बलियो हुन्छ, पार्टी भित्र फरक मत हुन्छ नै, तर सबैको सर्वोपरी हितमा काम गर्नुपर्छ अहिले देखी नै समुदायमा जाने, नेताकार्यकर्ता परिचालित हुने, आमनागरिकको भावना बुझ्ने चेष्टा गरियो भने आउँदो चुनावमा एमाले एक्लैले बहुमत ल्याउछ’ उनले भने ‘अवको क्रान्तिका लागि जेल जानु पर्दैन्, बन्दुक पड्काउनु पर्दैन्, जनताको विचमा जाने र सुखदुखमा साथ दिए पुग्छ ।’

अधिबेशनको उद्घाटन सत्रमा एमालेका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, एमाले निर्वाचन आयोगका केन्द्रिय अध्यक्ष डा. विजय सुब्बा, पार्टीका पोलिट्ब्यूरो सदस्य तथा सल्यान जिल्ला इन्चार्ज भैरब सुन्दर श्रेष्ठ, कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाब जङ्ग शाह लगायतका नेताहरुले मन्तव्य राखेका थिए ।

पार्टीका जिल्ला अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष भिम बहादुर सेनले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन पार्टी सचिव ओज बहादुर बुढाथोकीले गरेका थिए । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ ।

तीन दिन सम्म चल्ने अधिबेशनमा भूगोलबाट २ सय १० जना, सल्लाहकार परिषदबाट २५ जना, मुल आयोजक समितिबाट ८० जना, जनबर्गिय संगठनबाट १९ जना र मनोनीतबाट १७ जना गरि ३ सय ५१ जना प्रतिनिधि सहभागी अधिबेशनमा सहभागी भएका छन् ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस