२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

सल्यान उद्योग बाणिज्य संघको अध्यक्षमा बस्नेत र श्रेष्ठकाे उम्मेदवारी

एकातिर (कांग्रेस-राप्रपा)काे प्यानल, अर्काेतिर (एमाले-माओवादी-एकीकृत समाजवादी- नेकपा विप्लव)काे प्यानल

चैत १०, सल्यान ।

आगामी बैशाख ८ गते हुन गहिरहेको सल्यान उद्योग बाणिज्य संघको निर्वाचनका लागि शनिबार दुइ वटा प्यानलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।

एकातिर नेपाली कांग्रेस र राप्रपाकाे लोकतान्त्रिक प्यानल बनेकाे छ भने अर्काेतिर चारवटा दल (एमाले, माओवादी, एकीकृत समाजवादी र नेकपा विप्लव)काे संयुक्त प्यानल बनेकाे छ ।

अध्यक्षमा लोकतान्त्रिक प्यानलबाट कांग्रेसका भरत कुमार बस्नेत र संयुक्त प्यानलबाट एमालेका बिरेन्द्र कुमार श्रेष्ठकाे उम्मेदवारी परेकाे छ । दुवैजना यसअघिका उपाध्यक्ष हुन् । दुवैजना बहालवाला उपाध्यक्ष यसपटक अध्यक्षमा भिड्दा चुनावलाइ राेचक रूपमा हेरिएकाे छ ।

सल्यान उद्याेग वाणिज्य संघकाे निर्वाचन कमिटीका अनुसार वरिष्ट उपाध्यक्षमा संयुक्त प्यानलबाट राजेन्द्र कुमार थापा र कांग्रेसबाट धिरज केसी (अनिमेश) काे उम्मेदवारी परेकाे छ । थापा यसअघि कुमार बुढाथाेकीसँग अध्यक्षमा पराजित बनेका थिए । उनि यसपटक भने उपाध्यक्षमा भिड्दै छन् ।

संयुक्त प्यानलबाट बाणिज्य उपाध्यक्षमा राजेन्द्र बहादुर भण्डारी, उद्योग उपाध्यक्षमा पलविर नेपाली, महासचिवमा माेहन शारू, सचिबमा रन बहादुर खड्का र काेषाअध्यक्षमा नरेन्द्र बुढाकाे उम्मेदवारी परेकाे छ ।

त्यस्तै लोकतान्त्रिक प्यानलबाट बाणिज्य उपाध्यक्षमा चन्द्र बहादुर बुढा, उद्याग उपाध्यक्षमा हपिस भण्डारी, महासचिवमा मान बहादुर वली, सचिवमा इन्द्र भण्डारी र काेषाअध्यक्षमा कमल घर्तिमगरकाे उम्मेदवारी परेकाे छ ।

लोकतान्त्रिक प्यानल

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार
प्रतिक्रिया दिनुहोस