२०८१ बैशाख २० गते बिहिवार | 2024 May 2nd Thursday

सल्यानमा मृत्यु भइसकेका व्यक्तिको वृद्धभत्ता बुझेको आरोपमा वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फागुन ३०, सल्यान ।

मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका-३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ मा गरी उनले अस्तित्वमा नै नभएको मान्छे आफ्नो आमा नाता नजाई वृद्धभत्तावापत ५१ हजार रुपैयाँ लिएको अख्तियारको दाबी छ ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस