२०८१ मङ्सिर १९ गते बुधवार | 2024 December 4th Wednesday

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा स्थानान्तरण गरिँदै

काठमाडौं, २९ फागुन । चितवन राष्ट्रिय निकुञ्जमा भोलि (बुधवार) देखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ ।

निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघि नै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरण हुन सकेको थिएन । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार आन्तरिक स्थानान्तरणका लागि सबै तयारी पूरा भइसकेको छ ।

निकुञ्जकै हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षाका लागि खटिएको सेनालगायत जनशक्ति प्रयोग गरेर गैँडा स्थानान्तरण गरिने उहाँको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । आठ वर्षभन्दा माथि र २० वर्षभन्दा मुनिका गैँडालाई स्थानान्तरण गरिने छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस