नमुना बनगाड बनाउन युवाको भुमिका
कृष्ण बगर
देश संघीय संरचनामा प्रबेश गरे संगै यति बेला देशमा सात प्रदेश र ७५३ वटा स्थानीयतह हरु छन । त्यसै मध्यको एउटा स्थानियतह को बनगाड कुपिन्डे नगरपालिका यो नगरपालिका कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाको सबै भन्दा कान्छो नगरपालिका हो । भौगोलिक दृष्टिकोणमा सल्यान जिल्लाको ठुलो नगरपालिका भए पनि जनसंख्याको आधारमा यो नगरपालिका बागचौर र शारदा नगरपालिका भन्दा सानो नगरपालिका हो ।
पुर्वमा कुमाख लेक उत्तरमा तारुपारे लेक पश्चिममा भेरी नदि र दक्षिणमा कुपिन्डे ताल भएकाले पनि धार्मिक र पर्यटकिय हिसावले पनि यो नगरपालिका प्रकृतिको उद्गम थलो भनेर चिनिन्छ । सल्यान जिल्लाको पश्चिम अबस्थित यो नगरपालिका राजधानी सल्लिबजार रुकुम पश्चिम, डोल्पा, जाजरकोट र सुर्खेतको प्रमुख नाकामा रहेकाले पनि सल्लिबजार प्रमुख व्यापारीक केन्द्र मानिन्छ, साविकका ७ वटा गाविसलाई समेटेर १२ वटा वडामा निर्मित यो नगरपालिका कृषि पेशाको लागी पनि निकै सम्भावना रहेको पाईन्छ ।
धान, मकै, कोदो, टिमुर, आलु, स्याउ र सुन्तलाको राम्रो सम्भावना रहेको यो नगरपालिकामा साच्चिकै यो नगरको जीवन स्थर उच्चबिन्दुमा ल्याउनका लागि युवा पुस्ताहरुको सक्रियता र युवा नेतृत्व अपरिहार्य छ । हजारौं टन धान गहु उत्पादन हुने बनगाडी फाटहरुका जमिनहरु नजिकै भेरी नदि उर्लने भए पनि कहिले बाजो रहन्छन त खेती भए पनि आकाशे पानीको भरमा सिचाई हुने भएकाले यहाँका कृषकहरुले भने जस्तो उत्पादन गर्न सकेका छैन् । त्यसैले यी फाटहरुमा सिचाईका लागि दीर्घकालीन योजना बनाउन यहाको स्थानीय सरकारको ध्यान जान जरुरी छ ।
कृषकले उत्पादन गरेका तरकारी फलफुल संकलन गर्नका लागी प्रत्येक वडाहरुमा कृषि संकलन केन्द्र बनाउन जरुरी छ । जमिन बाजो राखेर बिदेश पलायन हुने हजारौ युवाहरुलाई यहि रोजगारीका लागी तत्परता सिर्जना गर्न प्रत्येक बर्ष युवा रोजगार कार्यक्रम र युवा सिपमुलक तालीम प्रभावकारी ढंग बाट संचालन गरिनु पर्द्छ ।
बनगाडको टप्पा सिंगारु नाच जस्ता मौलिक लोक सस्कृतिलाई संरक्षण गर्न पालिका स्थरीय मौलिक सस्कृती मंचको कल्व वा समूह बनाउनु पर्द्छ । जहाँ कि बनगाडमा हुने हरेक मेला पर्व र कार्यक्रममा सोही समूह बाट मौलिक सस्कृती झल्किने खालका प्रतिभाहरु उक्त कल्व वा समुहले प्रस्तुत गर्न पाउन कुपिन्डे ताल पनि व्यवस्थापनमा निकै कमजोर भएकै कारण एक पटक घुम्न आएको पर्यटक अर्को पटक आउन मान्दैन त्यसलाई मध्यनजर गरेर हजारौ पर्यटकलाई आकर्षण बनाउनका लागी, कुपिण्डे ताल सरसफाइ, पर्यटक आउदा जादा बस्ने व्यवस्थित होटेलहरु भरपर्दो डुङ्गाहरु संचालनमा ल्याउनु पर्द्छ ।
र त्यहाका लोकल उत्पादनहरुलाई बजारीकरण गर्दै कुपिन्डे ताललाई थप सबैको पर्यटको गन्तव्य बनाउन प्रचारप्रसारको व्यापक सुधार ल्याउनु पर्द्छ । खेलकुद लागि नगरपालिकाले छुट्टै खेलकुद मैदानको व्यवस्थापन गरी पालिमा स्थरीय खेलकुद संचालन गर्नु पर्द्छ र पालिका बाट जिल्ला, प्रदेश र राष्ट्रिय स्थरमा छनौट भएका खेलाडीहरुलाई स्थानीय सरकारले उचित संमान गर्नु पर्द्छ ।
जसले खेलाडीको हौसलामा थप उर्जा थपिने छ । लोक सस्कृती साहित्य संग मान्छेहरुको नजिकको सम्बन्ध रहने भएकाले लोकसस्कृती र साहित्य जस्ता कार्यक्रमहरु पनि गर्नु पर्द्छ । अव्यवस्थित सल्लिबजारलाई सुन्दर सहर बनाउनका लागी बजार क्षेत्र भित्र हरेक ठाउमा व्यवस्थित सोलार जडान र बजारमा हुने चोरी डकैती बाट सुरक्षित रहन सिसि क्यामेरा जडान गर्नु पर्ने आबस्यक छ ।
सल्लिबजार प्रमुख व्यापारीक केन्द्र भएकाले पनि यहाँ मान्छेहरुको आवतजावत धेरै हुने भएकाले सल्लिबजारमा एउटा व्यवस्थित सार्वजनिक सौचालयको आबस्यक छ ।